Rule 17C
पुनः श्रम स्वीकृति सम्बन्धी व्यवस्था:
(१) पुनः श्रम. स्वीकृति लिन चाहने व्यक्तिले देहायका कागजात सहित विद्युतीय माध्यमबाट सम्बन्धित निकायमा निवेदन दिनु पर्नेछ :-
(क) श्रम स्वीकृतिको प्रतिलिपि,
(ख) राहदानीको प्रतिलिपि,
(ग) अघिल्लो पटकर हाल प्राप्त गरेको - प्रवेशाज्ञाको प्रतिलिपि,
(घ) प्रवेशाज्ञाको अवधि बाँकी छँदै सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम रोजगारदाता परिवर्तन भएमा नयाँ रोजगारदातासँग गरेको करारनामाको प्रतिलिपि,
(ङ) करार अबधि समेट्ने गरी म्यादी जीवन बीमा गरेको प्रमाण,
(च। कोषमा रकम जम्मा गरेको प्रमाण ।
(२) उपनियम (१) बमोजिम परको निवेदन सम्बन्धमा सम्बन्धित निकायले जाँचबुझ गरी एक पटकमा बढीमा दुई वर्षको लागि पुनः श्रम स्वीकृति दिन सक्नेछ ।
(३) गन्तव्य मुलुकस्थित नेपाली कुटनीतिक नियोगवाट पुनः श्रम स्वीकृति प्राप्त गर्दा सोको लागि सम्बन्धित कामदारले कोषमा जम्मा गर्नु पर्ने रकम र बीमा बापतको रकम सम्बन्धित गन्तव्य मुलुकको परिवर्त्य बिदेशी मुद्वाको दरमा नेपाली कृटनीतिक नियोगमा वा बिचुतीय भुक्तानी प्रणालीको माध्यमबाट सम्बन्धित निकायमा बुझाउनु पर्नेछ ।
(४) उपनियम ।३) बमोजिम नेपाली कूटनीतिक नियोगमा प्राप्त हुन आएको रकम सम्बन्धित नियोगले नाम नामेसी सहित नेपालस्थित सम्बन्धित निकायमा नियमित रूपमा पठाउनु पर्नेछ ।